मैले म’रे पछि पनि सुख नपाउने भएँ –

Entertainment

काठमाडौं । नेपालमा १० वर्ष चलेको माओवादी युद्धको नेतृत्व लिएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले । मुलुकलाई युद्धबाट शान्ति प्रक्रियामा ल्याउन पनि उनैले खेलेका ठूलो भूमिका । विस्तृत शान्ति सम्झौता भएको बिहीबार १३ वर्ष पूरा भएको छ । तर, युद्ध पीडितहरुले अझै न्याय पाएका छैनन् । युद्धकालमा बेपत्ता भएको अत्तोपत्तो छैन । व्यक्तिको लुटिएको सम्पत्ति फिर्ता भएको छैन । युद्धमा अङ्गभङ्ग भएकालाई उचित व्यवस्था भएको छैन । युद्धमा ज्यान गुमाएकाको आश्रित परिवारलाई उचित व्यवस्थापन हुन सकेको छैन । यसर्थ अझै व्यवहारमा शान्ति प्रक्रिया टुंगिएको छैन । युद्धको नेतृत्व लिएका प्रचण्ड सत्तारुढ पार्टी अध्यक्ष छन् ।
वृहत शान्ति सम्झौता भएको १३ वर्ष पुगेको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा दुई शान्ति सम्झौताका हस्ताक्षरकर्ता मध्ये एक प्रचण्डले े आफू द्वन्द्वकालका सबै घटनामा माफी हुनुपर्छ भन्ने पक्षमा नरहेको जानकारी दिए । ‘क्षमा गर र विर्स’ भन्ने अवधारणामा अन्तरिम संविधानमा नै व्यवस्था गर्ने चर्चा भए पनि आफूले नै आयोगहरु बनाएर मानवअधिकार उल्लंघनका गम्भीर घटनाहरुमा माफी हुनसक्दैन भनेको भन्दै उनले भने, ‘हामीले ब्लांकेट एमनेस्टीको कुरा गरेका छैनौं । गम्भीर अपराधलाई कारबाहीमा लैजानुपर्छ र मात्र शान्ति प्रक्रियालाई परिपक्व ढंगले पूरा गर्न सकिन्छ भन्ने मै हुँ ।’

The post मैले म’रे पछि पनि सुख नपाउने भएँ – appeared first on All top Here.