गोकर्ण विष्टसहित यी ८ मन्त्री हटाईंदै ! नयाँ मन्त्रीहरुको सपथ आजै

News

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज मन्त्रीण्डल पुनर्गठनको तयारी पुरा गरेका छन् । वालुवाटारमा आज हटाइन लागेका मन्त्रीको सूची तयार भइसकेको छ । नयाँ थपिने मन्त्रीहरुका बारेमा पनि टुंगो लागिसकेको बताइएको छ । प्रधानमन्त्रीले नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद हेरफेरको प्रस्ताव राख्ने भएका छन् । दिउसो मध्यान्ह देखि सचिवालयको बैठक सुरु भएको हो ।
प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद हेरफेरबारे सहमति भइसकेको छ । यस अघि प्रधानमन्त्रीले अर्का वरिष्ठ नेता माधवकुमार नेपालसंग पनि छलफल गरिसकेका छन् । सोही सहमतिलाई सचिवालयका तर्फबाट औपचारिकता दिन लागिएको हो । स्रोतका अनुसार हटाइने मन्त्रीहरुको सूचीसमेत तयार भइसकेको छ ।
उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट र युवा तथा खेलकुदमन्त्री जगतबहादुर विक हटाइने मन्त्रीको सूचीमा परेका छन् । यस्तै कृषि राज्यमन्त्री रामकुमारी चौधरी र पर्यटन राज्यमन्त्री धनबहादुर बुढा पनि हटाइने सूचीमा परेका छन् । हटाइएका स्थानमा नयाँ मन्त्री पनि आजै नियुक्त गर्ने तयारी छ । नयाँ मन्त्रीहरुमा भिम रावल लगायतको नाम चर्चामा आए पनि नाम सार्वजनिक गरिएको छैन ।