आलमले आफू विरुद्ध लाग्नेलाई मार्ने आगो लगाउने

Entertainment

आलमले प्रहरीकै अगाडि दिए मान्छे मार्ने र आगो लगाउने धम्की (भिडियाेसहित)
प्रहरीकै अगाडि आलमले आफू विरुद्ध लाग्नेलाई मार्ने मात्र नभएर जिल्ला नै अशान्त बनाउने धम्की दिएका छन् । आलम हाल ललितपुरको नख्खु कारागारमा रहेका छन् । उनी १२ वर्षअघिकाे साे बमकाण्डमा गत असोज २६ गते पक्राउ परेका थिए । पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय राैतहटको हिरासत कक्षमा लैजाने क्रममा उनले प्रहरीलाई नै धम्की दिएकाे भिडियाे फेला परेकाे हाे ।
न्युज २४ लाइ प्राप्त यो भिडियोमा आलमले राैतहट जिल्ला नै अशान्त पार्ने भनेका छन् । त्यति मात्र होइन, उनले प्रहरीलाई नै धम्क्याएका छन् । उनले आफूलाई पक्राउ गरेर ठूलो गल्ती गरेको भन्दै आफू छुटेपछि एसपी भूपेन्द्र खत्री र डीएसपी नविन कार्कीलाई हत्कडी लगाउने धम्की दिएका छन् । भिडियाेमा उनले ‘भारतबाट मानिस…’ र ‘मेराे भारतबाट…’ भनेर समेत उच्चारण गरेका छन् तर त्याे बाेलि प्रस्ट सुनिँदैन ।