बच्चाले ओछ्यानमै पिसाब फेर्छ ?

Lifestyle

नवजात शिशु तथा स-साना बच्चाहरुले त रातभरीमा १-२ पटक पिसाब फेरिहाल्छन् । किनभने उनीहरुको मस्तिष्क तथा ब्लाडर (मुत्राशय) का बीचको सम्बन्ध पूर्ण रुपले निर्माण भइसकेको हुँदैन ।
तर, जसो-जसो उनीहरुको उमेर बढ्दै जान्छ । त्यो सम्बन्ध विकसित हुँदै जान्छ र मस्तिष्कले मुत्राशयलाई नियन्त्रण गर्न थाल्छ । जसका कारण पिसाब फेर्नु पर्ने भयो भने मस्तिष्क स्वतः चनाखो हुन्छ र निद्रा पनि खुल्छ ।
तर, अधिकांश बालबालिकाहरुमा यस्तो भएको पाईंदैन । त्यसैले किशोरावस्थामा पुग्दासमेत उनीहरु निद्रामा प्राय मुत्राशयलाई नियन्त्रणमा राख्न सक्दैनन र उनीहरुले ओछ्यानमै पिसाब फेरिदिन्छन् । आखिर त्यस्तो कसरी हुन्छ ? त्यसलाई कसरी समाधान गर्न सकिन्छ ?
नक्टर्नल एनुरेसिस
राति ओछ्यानमा पिसाब फेरिदिने समस्यालाई चिकित्सकीय भाषामा नक्टर्नल एनुरेसिस भनिन्छ । यो समस्या प्राय पाँच वर्षसम्मका बच्चाहरुमा देखिने गर्छ । तर, कतिपय बच्चाहरुमा पाँच वर्षको उमेरपछि पनि यो समस्या देखिन्छ । केही बच्चाहरु त किशोरावस्थामा पुग्दा समेत आफ्नो मुत्राशयलाई नियन्त्रण गर्न असमर्थ हुन्छन् ।
त्यसो त अधिकांश प्रसंगमा नक्टर्नल एनुरेसिसको समस्या आफैं ठिक हुन्छ । जसलाई कुनै उपचारको आवश्यकता पर्दैन । तर, केही समस्याहरुमा भने उपचारको समेत आवश्यकता पर्छ । त्यसो त यो आफैँमा ठूलो समस्या भने होइन । तर, बच्चा तथा आमा-बुवा दुबैका लागि यो एउटा तनावपूर्ण स्थिति भने बन्न पुग्दछ ।
आँकडाहरुमा विश्वास गर्ने हो भने छ वर्षसम्मका करिब २० प्रतिशत बच्चाहरु राति ओछ्यानमा पिसाब फेर्छन् । जबकी, सात वर्षसम्मका १० प्रतिशत बच्चाहरुमा यो समस्या हुन्छ । एकदेखि तीन प्रतिशत बच्चाहरु किशोरावस्थासम्म नै यो समस्याबाट पीडित हुन्छन् । खासगरी बालकहरुमा बालिकाहरुको तुलनामा यो समस्या दुईदेखि तीन गुणा अधिक हुन्छ ।
नक्टर्नल एनुरेसिसका प्रकारहरु
नक्टर्नल एनुरेसिसको समस्या दुई प्रकारका हुन्छन्- प्राइमरी एनुरेसिस तथा सेकेण्डरी एनुरेसिस ।
प्राइमरी एनुरेसिस
यो समस्यामा बच्चाहरुले मुत्राशयमा नियन्त्रण राख्न सक्दैनन र उनीहरु प्राय सधैं राति ओछ्यानमा पिसाब फेरिदिन्छन् ।
सेकेण्डरी एनुरेसिस
यो समस्यामा बच्चाहरुले कहिलेकाहीँ मुत्राशयमा नियन्त्रण कायम राख्न सफल हुन्छन् भने कहिलेकाहीँ सफल हुँदैनन् । यदि किशोरावस्थासम्म पनि तपाईंंको बच्चामा यो समस्या भने तपाईंंले तुरुन्त चिकित्सकसँग सम्पर्क राख्नुपर्छ । उक्त उमेरमा त्यसको कारण युरिनरी ट्रयाक्ट इन्फेक्सन, न्यूरोलोजिकल प्रब्लम (मस्तिष्कसँग सम्बिन्धित), तनाव अथवा अन्य कुनै स्वास्थ समस्या पनि हुन सक्छ ।
के हो कारण ?
त्यसो त अहिलेसम्म यो समस्या किन सिर्जना हुन्छ भन्ने कुराको स्पष्ट जानकारी छैन । भनिन्छ, राति निम्न क्षेत्रमा हुने असामान्य कारणहरुले यो समस्या देखा पर्छ :
मुत्राशय
-राति मुत्राशयमा कम स्थान हुनु ।
मृगौला
राति पिसाब धेरै बन्नु ।
मस्तिष्क
राति निद्रामा भएको बेला उठ्न नसक्नु ।
अन्य रिक्स फ्याक्टरहरु
-अनुवांशिक कारण
-सुत्ने बानीमा गडबडी हुनु
-निद्रामा घुर्ने बानी
-मुत्राशय अथवा मृगौला रोग
-न्यूरोलोजिकल समस्या जस्तो स्पाइनल कर्डसँग सम्बन्धित समस्याहरु
-अन्य स्वास्थ समस्याहरु जस्तो मधुमेय, हाइपर एक्टिभिटि डिसअर्डर
-कुनै औषधिको साइड इफेक्ट
-तनाव
-कब्जियत आदि