चुनाब हारे पनि पुरा गरे नेताले आफनो बाचा ……

News

स्थानीय तह निर्वाचनको चुनाब मा अर्घाखाँची सन्धिखर्क ३ वडा बाट तत्कालिन नेकपा मावोबादीको तर्फ बाट अध्यक्ष पदमा उठेका बाबुराम खडका ले चुनाब हारे पनि आफुले गरेको बाचा भने पुरा गरेका छन् ।

सन्धिखर्क ३ मा रहेको बराहनेटा आधारभूत बिधालयमा बुवा गिर बहादुर खड्का र आमा सुमित्रा खड्काको स्मृतिमा दुइलाख दुईहजार दुईसय बाईस (रु २,०२२२२।- ) को छात्रवृत्ति अक्षयकोष स्थापना गरेका हुन्।

गरिब तथा दुखित बालबालिका उचित शिक्षा बाट बन्चित नहुन बनेर यो अक्षयकोष निर्माण गरिएको खडकाले बताए। लामो समय देखि सामाजिक क्षेत्रमा काम गर्दै आएका खडकाले आफुले गाउको लागि सक्दो सहयोग गरि राख्ने बताएका छन्।