गृह मन्त्रालयको पछाडि व’म वि’स्फोट ७ जनाको निधन

News

काबुल, २७ कात्तिक (रासस -सिन्हवा) – अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक वि’स्फोटमा कम्तीमा सात जनाको ज्यान गएको छ । स्थानीय समयानुसार बुधबार बिहान ७ ः२५ मा सो वि’स्फोट भएको थियो । यस वि”स्फोटमा अन्य सात जना सख्त घा’इते भएका गृह मन्त्रालयका प्रवक्ता नसरात राहिमीले ट्वीटरमार्फत जानकारी दिनु भएकोे छ । काबुल विस्फोटमा सात जनाको मृ,त्युको समाचार पोष्टखबरमा छ ।
शक्तिशाली वि’स्फोटन भएको नजिकै रहेका भवनहरू, केही पसल र सवारी साधनमा क्षति पुगेको जनाइएको छ । गृह मन्त्रालयको पछाडि रहेको एक सडकमा दौडिरहेका सशस्त्र फौजको जीप लक्षित आत्मघा’ती कार ब’म आ’क्रमण भएको प्रत्यक्षदर्शी अब्दुल शाहले बताउनु भएको छ । व’म वि’स्फोट गरिएको सो इलाकालाई सुरक्षाफौजले घेरा हालेर खोजतलास शुरु गरिएको छ । उक्त आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैनन् ।
सुस्ता, कालापानी, लिपुलेक, लिम्पीयाधुरालगायतका भू–भागको सुरक्षाको माग गर्दै सर्वोच्चमा रिट
सर्वोच्च अदालतमा नेपालको सुस्ता, कालापानी, लिपुलेक, लिम्पीयाधुरालगायतका भू–भाग भारतबाट अतिक्रमण भइरहेका हुँदा कुटनीतिक पहलमार्फत समस्याको समाधान खोज्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षामन्त्रालयलगायतलाई विपक्षी बनाइ अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले आज दायर गर्नुभएको रिट निवेदनमा नेपालका भू–भाग भारतबाट अतिक्रमित जग्गा तथा सिमाना निर्धारणका लागि आवश्यक कुटनीतिक पहल तथा नीतिनियम र निर्देशन गरी राष्ट्रहित कार्य गर्नका लागि परमादेशको माग गरिएको छ ।
रिट निवेदनमा नेपालको संविधानमा राष्ट्रियहित तथा राष्ट्रिय सुरक्षासम्बन्धी सार्वभौमसत्ता सम्पन्न जनताको हकअधिकार र राष्ट्रको भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधिनता, स्वाभिमानको रक्षा गर्ने भएको व्यवस्थाअनुसार सुरक्षा गर्न माग गरिएको छ । रिट निवेदनमा सीमामा अतिक्रमित भूमिका बारेमा राज्य मौन बस्दा सर्वसाधारण आमजनतालाई असर परिरहेको हुँदा स्वतन्त्रतापूर्वक सार्वभौमसत्ता सम्पन्न भई बाँच्न पाउनु समस्त नेपालीको अधिकार भएको र सोका लागि कार्यगर्नु सरकार र राज्यको दायित्व भएको उल्लेख