खुकुरी प्रहारबाट विद्यालयकी प्रअ गम्भिर घा इते

News

२७ कार्तिक ,म्याग्दी /
खुकुरी प्रहारबाट स्थानीय विद्यालयकी प्रअ ग म्भिर घा इते भएकी छिन् । बुधबार विहान करिब साढे ९ बजे म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बिलबाङबाट खबाङ स्थित विद्यालयतर्फ जाँदै गरेकी राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रअ इन्द्रकुमारी पुनलाई स्थानीय रमेश पुनले खु कुरी प्र हार गरेका थिए ।
बाटोमा हिँडीरहेकै अबस्थामा प्रअ पुनमाथि एककासी खु कुरी प्र हार गरि आ क्र मण भएको र उनी ग म्भिर घा इते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । खु कुरी प्र हारबाट बाटोमै बेहोस भएकी प्रअ पुनलाई प्राथमिक उपचार गरि मालिका गाउँपालिकाको समन्वयमा हेलिकप्टरको व्यवस्थापन गरी मणिपाल शिक्षण अस्पतालमा लगिएको स्थानीय शिक्षक भुपेन्द्र पुनले जानकारी दिए ।
उनका अनुसार, घा इते भएकी पुनको कान, टाउको र हातमा ग म्भिर चो ट लागेको छ । देब्रे हातका दुई वटा औँला समेत खु कुरी प्र हारबाट चुँ डीएको शिक्षक पुनले जानकारी दिए । खुखुरी प्रहार गरेका पुन अहिले फरार रहेका छन् । उनको खोजी कार्यको लागि ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए । तुलनात्मक रुपमा बढी अ प राधिक गतिविधि हुने गरेको रुमको शान्ति सुरक्षालाई मध्यनजर गर्दै हालै मात्रै जिल्ला प्रहरी कार्यालयबाट दुई साताको लागि स्थलगत रुपमा प्रहरी टोली खटाईएको थियो ।