कुर्कुच्चा फुटेको छ भने के गर्ने ?

Lifestyle

यदि तपाईको खुट्टाको कुर्कुच्चा फुटेको छ भने त्यसले तपाईंको चिन्ता त बढाउँछ नै साथ-साथै अरुको अगाडि त्यसले तपाईंको बेइज्जत समेत गराउँछ । यो समस्याबाट मुक्ति पाउनका लागि महिलाहरु विभिन्न उपायहरु अपनाउने गर्छन् । विभिन्न कि्रम र लोसन लगाउने गर्छन् । तर, त्यस्ता कि्रमहरुले कुनै असर गर्दैन । यदि तपाईं पनि आफ्नो फुटेको कुर्कुच्चाका कारण चिन्तित हुनुहुन्छ भने यहाँ केही त्यस्ता उपायहरु प्रस्तुत गर्दैछौं । जसले तपाईंको कुर्कुच्चालाई सुन्दर र मुलायम बनाउन सहयोग गर्छ ।
कुर्कुच्चा सफा गर्नुपर्छ
नुहाउँदा आफ्नो कुर्कुच्चालाई स्क्राबले सफा गर्नुपर्छ । त्यसो गर्दा मृत छाला र फोहोर निस्कन्छ । बाहिरबाट घर आइसकेपछि आफ्नो खुट्टालाई तातो पानीमा डुबाएर सफा गर्नुपर्छ ।
कुर्कुच्चालाई नरम बनाउनुपर्छ
पैतालामा तेल ग्रन्थी नभएका कारण यो सधैं सुख्खा हुन्छ । त्यसको लागि तपाईं राति सुत्नु अगाडि त्यसमा तेल अथवा क्रिमले मसाज गर्नुपर्छ ।
केराको गुदी
फुटेको कुर्कुच्चामा केराको गुदी लगाउनुपर्छ । त्यसलाई १० मिनेटसम्म राखेर त्यसपछि चिसो पानीले धुनुपर्छ । जबसम्म तपाईंको खुट्टा राम्रो हुँदैन । तबसम्म दिनमा एक पटक गर्नुपर्छ ।
कागती
खुट्टालाई कागती र तातो पानीको घोलमा १५ मिनेटसम्म डुबाउनुपर्छ । पैतालालाई स्क्राब गर्नुपर्छ । राम्रोसँग धोएर मोइस्चराइजर लगाएर मोजा लगाउनुपर्छ ।
ग्लिसिरीनको घोल
आधा बाल्टिन पानीमा ग्लिसिरीन हाल्ने र १० मिनेटसम्म त्यस घोलमा खुट्टा डुबाउने गर्नुपर्छ । त्यसपछि चिसो पानीले खुट्टा धुनुपर्छ र आफैं सुक्न दिनुपर्छ । खुट्टा सुकेपछि लोसन लगाएर आफ्नो खुट्टालाई नरम बनाउन सकिन्छ ।
मेवाको गुदी
सुख्खा कुर्कुच्चालाई पाकेको मेवाको गुदिले मसाज गर्नुपर्छ । यसो गर्दा पैताला धेरै फुट्न पाउँदैन र मुलायम पनि हुन्छ ।
दुध र मह
दुधलाई महसँग मिसाउने र त्यसमा आफ्नो खुट्टा १५-२० मिनेटको लागि डुबाउनुपर्छ । त्यसपछि हल्का स्क्राब गर्नु र पछि तातो पानीले धुनुपर्छ ।
नुन
आधा बाल्टी पानीमा नुन हाल्नुपर्छ र राम्रोसँग चलाउनुपर्छ । नुनले तपाईंको कुकुच्चाको मृत छाला निस्कन्छ र खुट्टा कोमल बन्छ ।
तेल मसाज
२० मिनेटको लागि तेल मसाज गर्नुपर्छ र १ घण्टाको लागि खुट्टालाई त्यसै छाडिदिनुपर्छ । यो प्रक्रियालाई हप्तामा तीन पटक राति सुत्नु अगाडि गर्नुपर्छ ।