अयोध्या दरवारबाट वाल्मीकि आश्रममा किन छाडिइन् सीता ?

Lifestyle

विष्णुको दश अवतारमध्येका एक मानिने भगवान श्रीरामको जीवनमा धेरै दर्शन र ज्ञान लुकेको छ । साथमा केही आलोचना पनि । तत्कालीन समयमा आफ्ना प्रजाहरुको खुशीको लागि उनले गरेको केही निर्णयका कारण उनलाई केही आलोचना समेत गर्ने गरिन्छ । तर, उनको जीवनमा कमजोरीको भन्दापनि धेरै आदर्श र एउटा सुन्दर दर्शन देख्न पाइन्छ ।
श्रीरामको जीवनी संस्कृत साहित्यका आदिकवि वाल्मीकिले लेखेका हुन् । नामुद डाकु विद्वान बनिसकेपछि उनले नारदसँग कसैको जीवनी लेख्ने इच्छा भएको सुनाए । नारदले पनि उनलाई सुझाव दिने क्रममा त्यतिबेलाका महापुरुष श्रीरामको नै जीवनी लेख्नु राम्रो हुने बताए । सोही सुझावको आधारमा श्रीरामको जीवनीसँग आधारित भएर लेखिएको महाकाव्य रामायण नै हिन्दूहरुको पवित्र धर्मग्रन्थको रुपमा चर्चित भयो । वाल्मीकिले नै लेखेको महाकाव्यमा केवल रामले राज्यारोहण गरेको घटनामात्रै जोडिएको छ भने त्यसभन्दा पछिका ऋषिहरुले थपेको खण्डमा त्यसपछिको घटनाक्रमलाई समेत जोडिएको छ ।
………………………
अयोध्याका राजा दशरथका तीनवटी पत्नीहरु थिए । कौशिल्या, सुमित्रा र कैकेयी । यसमध्ये जेठी कौशल्याको कोखबाट जेठा पुत्र श्रीरामको जन्म भएको थियो । सुमित्राको कोखबाट लक्ष्मण र शत्रुघ्नको जन्म भएको थियो भने कान्छी रानी कैकेयीको कोखबाट भरतको जन्म भएको थियो । सुमित्राले नै आफ्ना जेठा पुत्र लक्ष्मणलाई रामको सेवाको लागि र शत्रुघ्नलाई भरतको सेवाको लागि खटाएकी थिइन् ।
जन्म लगत्तै श्रीरामका छाया जस्तै हरेक पाइलामा लक्ष्मणले उनको साथ दिँदै आए । यत्तिकैमा उनीहरु गुरुकूलमा गएर धनुर्विद्या र राज्य सञ्चालनका लागि अन्य विद्याको समेत जानकारी लिन थाले । व्यवहारिक शिक्षा प्रदान गर्ने क्रममा उनीहरुका गुरुले विभिन्न गाउँहरुमा चेलाहरुलाई घुमाउँदै लगेका थिए । सोही क्रममा नेपालको मिथिला क्षेत्रमा रहेको जनकपुरका राजा जनकले आफ्नी धर्ती फाटेर जन्मिएकी सीताको विवाहको लागि एक वीर्यवान पुरुषको खोजी गरिरहेका थिए ।
शिवले दिएको सो धनुमा ताँदो चढाउनको लागि कैयौं वीर र वैभवशाली राजकुमारहरुले समेत सकेका थिएनन् । यत्तिकैमा घुम्दै आएका राम र लक्ष्मणले पनि त्यसमा सहभागी हुने इच्छा देखाए । उनीहरुले धनुमा ताँदो चढाउन अघि बढेको देख्दा कैयौं राज्यबाट आएका पहलमानहरुमा खिसिट्यूरीको हाँसो चलिरहेको थियो । त्यो हाँसोलाई चुनौती सम्झिएर गएका रामलेे आफ्ना गुरुको आज्ञाले त्यो धनुमा ताँदो चढाइदिए । यत्तिकैमा उनको विवाह सीतासँग हुने निश्चित भयो ।
……………………………
राजा जनकले भने अनुसार श्री रामलाई सीतासँग विवाह गर्नको लागि उनको परिवारसँग कुरा भयो । धुमधामका साथ विवाह भयो । अयोध्या दरबारमा सीताको धुमधामले प्रवेश भयो, उनी भविष्यकी अयोध्याकी रानी बनिन् ।
तर, कथा त्यही सरल ढंगले अघि बढेन । राजा दशरथले आफ्नो जीवनको उत्तरार्धमा जेठा छोरा रामलाई आफ्नो राज्य सुम्पने तयारी गरे । त्यसको लागि उनले एउटा एउटा ठूलो समारोहको आयोजना गरे । सो समयमा राजा जनकका पुत्रहरु भरत र शत्रुघ्न मामाघरमा गएका थिए भने राम र लक्ष्मणसँगै घरमा थिए ।
श्रीरामको भोलिपल्ट राज्याभिषेक हुँदै थियो । यता कान्छी रानी कैकेयीकी दासी मन्थराले आफ्नी रानी कान फुकेर जसरी पनि भरतलाई राज्याभिषेक गराउने व्यवस्था मिलाउन उक्साईन् । कैकेयीले पनि पहिले त यो सुझाव ठाडै अस्वीकार गरेकी थिइन् । रातभरी मन्थराले अनेक पाठ पढाएपछि उनी पनि श्रीराम विरुद्ध लाग्न सहमत भइन् । उनले आफूलाई पहिले नै राजा जनकले दिएको वचन सम्झाएर भरतलाई राज्य दिलाउने योजना बनाइन् ।
एकपटक स्वर्गसँगको युद्धको बेलामा गम्भीर घाइते भएका जनकलाई कैकेयीले आफ्नो ज्यानको बाजी राखेर बचाएकी थिइन् । मृत्युशैयाबाट फर्किएका राजा दशरथले सोही समयमा कैकेयीलाई दुई वर माग्नको लागि आग्रह गरेका थिए । त्यसको जवाफमा कैकेयीले आफू अहिले पूर्ण भएकोले कुनै वर नमाग्ने भन्दै समय आएपछि वर माग्ने बताएकी थिइन् । सोही कबुललाई टेकेर राज्याभिषेकको दिन बिहान कैकेयीले राजासामु आफ्नो पुत्र भरतलाई राज्याभिषेक र श्रीरामलाई १४ वर्ष वनबास गराउन माग गरिन् ।
यो अनपेक्षित मागका कारण राजा दशरथ निकै दुःखी भए । उनले आफ्नी कान्छी पत्नी कैकेयीलाई सम्झाउन अनेक प्रयास गरे । तर, केही पनि लागेन । उनको सर्त अनुसार नै श्रीराम आफ्नी पत्नी सीता र भाइ लक्ष्मण सहित १४ वर्षको लागि वन वनबासमा जानुपर्ने भयो ।
उता, आफ्ना त्यस्ता आदर्शवान छोरालाई राज्याभिषेक गराउन नपाएपछि उनी दुःखी हुँदा हुँदै केही दिनमा नै राजा दशरथको मृत्यु भयो । पिताको मृत्युपछि भरतलाई घरमा बोलाइयो । घर आएका भरत आफ्ना पिताहरुको सबै अत्येष्टि कर्म सकेपछि रामलाई खोज्दै वनबास गए । उनले रामसँग अनुनय विनय गर्दा पनि उनी फर्किन मानेनन् । बरु उल्टै भरतलाई सुझाव दिएर फर्काउने प्रयासमा लागे ।
तर, अन्त्यमा रामको तर्फबाट सबै ज्ञानगुनको कुराहरु सुनेपछि श्रीरामको खराउ लिएर भरत घर फर्किए । फर्किने बेलामा भरतले भनेका थिए ‘म १४ वर्ष र १४ दिनको साँझसम्म कुरेर बस्छु । त्यतिबेलासम्म राम नफर्किएको खण्डमा दरबारमा नै आत्महत्या गरेर मर्छु ।’
उता, त्यही जंगलको बासमा नै धेरै युद्ध भएका घटनाहरु सुन्न पाइन्छ । सुग्रिब र बालीको युद्ध पनि यसैमा सुन्न सकिन्छ । सीतालाई रावणले हरेको र उनलाई फर्काएको घटना पनि देख्न पाइन्छ । जब १४ वर्ष पूरा हुन लाग्यो । त्यतिबेला रामले रावणलाई हराएर सीता फिर्ता ल्याउन सफल हुन्छन् । यतिबेलासम्म कथाले राम्रै मोड लिएको हुन्छ ।

जतिबेला सीतालाई रामले फर्काएर ल्याए उनलाई झट्ट रामले स्वीकार्न सक्दैनन् । सीतालाई रावण जस्तो दुष्टले अपहरण गरेर लगेकोले सीताको पवित्रतामाथि राम सशंकित हुन्छन् । उनले झट्टै पवित्र रहेको मान्न नसकेकोले उनले सीतालाई अग्नि परीक्षा दिन लगाउँछन् । अग्नि परीक्षा अन्तर्गत् बलिरहेको आगोमा बस्नु पर्छ । यदि मान्छे पवित्र छ भने उसलाई आगोले केही पनि गर्दैन र यदि अपवित्र भएमा आगोले भस्म गर्छ भन्ने मान्यता छ । यसरी अग्नि परीक्षा दिएकी सीतालाई आगोले केही पनि गर्दर्ैन । सीता पवित्र ठहरिन्छिन् । त्यसपछि रामले स्वीकारेर उनीहरु राज्याभिषेकको लागि अयोध्या फर्किन्छन् ।
वास्तविक वाल्मीकि रामायणमा यही कथासम्म बिस्तार गरिएको पाइन्छ । तर, त्यसपछिको घटना झनै रोमाञ्चक छ । राजा बनिसकेपछि सबै राम्रैसँग चलिरहेको थियो । एकदिन राज्यमा जनताको अवस्था कस्तो छ ? भन्ने हेर्नको लागि भनेर राम सर्वसाधारणको भेषमा शहर परिक्रमा गर्दै थिए । सोही क्रममा शहरको छेउमा एउटा घरमा श्रीमान-श्रीमतीबीच झगडा चलिरहेको थियो ।
श्रीमती बाहिर थिइन् भने श्रीमान् भित्र बसेर श्रीमतीलाई घर छाडेर जानको लागि निर्देशन दिँदै थिए । उनले यो पनि भनेका थिए कि ‘म श्रीराम जस्तो आदर्शवान पुरुष होइन जसले अर्काले हरेर लगेकी श्रीमतीलाई पनि स्वीकारोस् ।’ ती मानिसले भनेको यो कुरा श्रीरामको कानमा पर्‍यो । उनले अग्नि परीक्षा गराएको विषयमा आफ्ना नागरिकहरुलाई केही पनि जानकारी थिएन । उनले शहरमा आफ्नो बारेमा कस्तो धारणा छ ? भन्ने बारेमा जानकारी पाएपछि उनी सिधै घर गएर सीतालाई वाल्मीकि आश्रममा छाडेर आउन लक्ष्मणलाई निर्देशन दिए ।
लक्ष्मणले यसको कारण सोधिरहेका थिए । तर, त्यस विषयमा कुनैपनि उत्तर नै नदिई श्रीरामले त्यो आज्ञा पालना गर्न निर्देशन दिए । सोही अनुसार लक्ष्मणले सीतालाई पनि बाहिर घुम्न जाने बाहानामा वाल्मीकि आश्रममा पुर्याएर आफू एक्लै दरबार फर्किए । त्यो रामको शंकाको अर्काे श्रृङ्खला पनि थियो ।
धेरै समय सीताले वाल्मीकि आश्रममा नै बिताइन् । त्यतिबेला गर्भवती भएकी सीताले लवलाई त्यही आश्रममा जन्माइन् । एकदिन लव हराएको सम्झिएर वाल्मीकिले कुशमा प्राणप्रतिष्ठा गराएर कुशको जन्म गराएकी थिइन् ।
यसरी शंकाको श्रृङ्खला र राज्यवासीको खुशीको लागि रामले सीतालाई वाल्मीकि आश्रममा छाडेका थिए । उनीहरुको विवाह र पारिवारिक संयोग सुखद् हुन नसकेको कारण पनि योदिन धेरैले विवाह गर्ने गर्दैनन् । कसैले भने भगवानको विवाह भएको सम्झिएर पनि यसदिनलाई पवित्र मान्ने गरेका छन् ।