कास्की २ अपडेट : विद्या भट्टराईको चमत्कार

News

कास्की–कास्की क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सत्तारुढ नेकपाकी विद्या भट्टराई फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेकी छिन् पछिल्लो मतपरिणाम अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले ११ हजार ७ सय ३० मत प्राप्त गरेकी छिन् उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले ५ हजार ८ सय ९३ मत प्राप्त गरेका छन् ।यो परिणाम अनुसार नेकपा उम्मेदवार भट्टराईको अग्रता ५हजार८सय३७ रहेको छ । अहिलेसम्म वडा नं ३३, २१, २० र १७ को गणना सम्पन्न भएको छ भने अब वडा नं १६ को गणना हुने छ ।उपनिर्वाचन भएको कास्कीको निर्वाचन क्षेत्र–२ मा पोखरा
महानगरपालिकाका ११ वटा वडा पर्दछन्।कास्की क्षेत्र नं २ बाट निर्वाचित संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टरदुर्घटनामा निधन भएपछि यो क्षेत्र रिक्त रहेको थियो।कास्कीसँगै अन्य जिल्लाका रिक्त क्षेत्रमा उपनिर्वाचन गर्ने निर्णय घोषणा गरिसकेको छ। कास्की २ मा ३२ निर्वाचनस्थल र ८२ वटा केन्द्र अघिल्लो निर्वाचनमा भए पनि यस वर्ष केन्द्र पनि थपिने उनले बताए।अघिल्लो निर्वाचनमा रवीन्द्र अधिकारीले नेपाली कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गरेका थिए। अधिकारीले २७ हजार २ सय ७ मत प्राप्त गरेका थिए भने चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरेको तथ्यांक छ।