नेकपाको चौँथो जित, समाजवादी पार्टीले पनि खोल्यो खाता, कांग्रेसको खाता खुलेन

News

काठमाडौँ। लम्जुङको सुन्दरबजार नगरपालिका – २ मा मतगणना सकिएको छ । सो वडामा नेकपाका नविन कुमार श्रेष्ठ विजयी भएका छन् । उनले ९९३ मत ल्याए भने नेपाली काँग्रेसका प्रकाश सँढाईले ४ सय ८२ मत प्राप्त गरे । कुल ११ मत बदर भएको थियो ।
राप्रपाले १६ र स्वतन्त्र उमेदवारले १२ मत प्राप्त गरेका छन् । कुलमतमा १० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यससँगै नेकपाले अहिलेसम्म उपनिर्वाचन भएका ४३ वडामध्ये ४ स्थान जित हात पारेको छ ।
यसैगरी सर्लाहीको हरिपुर्वा नगरपालिका – १ को वडाध्यक्षमा समाजवादी पार्टी विजयी भएको छ । समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु रायले ३४७ मत ल्याएर बिजय हासिल गरेका हुन् ।
निकटतम प्रतिद्वन्दी राजपाका उम्मेदवार रामबिश्वासले ३२८ मत प्राप्त गरे । यता सत्तारुढ नेकपाले ३ सय २८ प्राप्त गरेको भ भने जनमत पाटीलेले ५२ल्याएको छ । नेपाली काङ्ग्रेस २३ मत पाएको सर्लाहीका निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकार दिए ।
The post नेकपाको चौँथो जित, समाजवादी पार्टीले पनि खोल्यो खाता, कांग्रेसको खाता खुलेन appeared first on All top Here.