नरपानी मा बस दुर्घटना १७ जनाको घटनास्थलमै मृत्यु। ११ जना घाइते

News

नबिन के.सी
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा मृत्यु हुनेको १७ पुगेकाे छ ।अर्घाखाँचिका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले दुर्घटनामा १७ जनाको मृत्यु भएको पुष्टी गरेका छन् । उनका अनुसार अहिले मृतकको सनाखत गरिँदै छ ।सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । घटनास्थलमा नेपाली सेना, नेपाल
प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयबाट उद्धार भइरहेकाे छ ।घाइते ११ जनालाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिए ।बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण चने खुल्न सकेको छैन्